बैतडी : बैतडीमा जीप र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन । घाइते हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका– ६ का २२ वर्षीय किसन जोशी रहेका छन् ।
आइतबार दिउँसो जिल्ला सदरमुकामदेखि झुलाघाट जाँदै गरेको म १ ज १७८ म्बरको जीपसँग सदरमुकामतर्फ आउदै गरेको बा५९प ३०९१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलचालक किसन जोशी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
घाइते चन्दको जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसकी भारतको पिथौरागढ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी सहायक निरीक्षक अशोक पालले बताए । जीपचालक दिनेश मौनी र जीप हाल प्रहरी नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment