Thursday, December 26, 2019

परशुराम नगरपालिकाका इन्जिनियरसहित पाँचजनाविरुद्ध भ्रष्टाचारको मुद्दा
डडेल्धुराः डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिकाका इन्जिनियरसहित पाँचजनाविरुद्ध मुद्दा दायर भएको छ। झूठो प्रतिवेदन बनाएर कृषि सडकको बजेट भुक्तानी गर्ने नगरपालिकाका इन्जिनियर नरेन्द्र भाटसहितका पाँचजनाविरुद्ध मुद्दा दायर भएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा झण्डै दुई लाख बिगो माग दावीसहित आरोप पत्र दायर गरेको हो।
परशुराम नगरपालिका अन्तरगतको बेल्डाङी कृषि सडकमा झूठो विवरण पेश गरी उपभोक्ता समितिलाई भुक्तानी दिएको भन्दै इन्जिनियर भाट, असिस्टेन्ट सव–इन्जिनियर नरबहादुर बोहरा, बेल्डाङी कृषि सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मीनबहादुर बोहरा, कोषाध्यक्ष मथुरीदेवी बोहरा र सचिव तेजबहादुर बोहराविरुद्ध एक लाख ७३ एक सय ९० रुपैयाँ माग दावीसहित बुधबार आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ।
सव–इन्जिनियर बोहोराले व्यक्तिलाई लाभ पुग्ने गरी सडक निर्माणको इस्टिमेट, मूल्याकंन सिट र कार्य सम्पन्न भएको भनी पेश गरेको झूठो प्रतिवेदनका आधारमा इन्जिनियर भाटले सिफारिस गरी भुक्तानी दिएको ठहर गरेको छ।
उनीहरू पाँचै जनालाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजिम एक लाख ७३ हजार एक सय ९० रुपैँया बिगो माग गर्दै कारबाहीको माग गरिएको छ।
‘डडेल्धुरा जिल्ला अन्तर्गत बेलडाडी कृषि सडकको निर्माण कार्यमा बढी रकम भुक्तानी लिएको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा परशुराम नगरपालिका जोगबुढा, डडेल्धुरामा असिस्टेन्ट सवइन्जिनियरको पदमा कार्यरत नरबहादुर बोहराले नेपाल सरकारलाई हानि र्पुयाउने बदनियतले इस्टिमेट, मूल्याकंन सिट र कार्यसम्पन्न प्रतिवेदनसमेतका गलत प्रतिवेदन तयार गरी आफू वा अरु कुनै व्यक्तिलाई गैरकानूनी लाभ पु¥याउने र नेपाल सरकारलाई हानिनोक्सानी र्पुयाउने बदनीयतले आधार विना अस्वाभाविक किसिमबाट बढी रकम तथा लगत देखाउने, मनासिव कारण बिना सर्त तथा मापदण्डविपरीत निर्माण कार्य गर्ने गराउने गरेको र सोबाट बढी रकम भुक्तानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) र सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कसुर गरेको प्रमाणित हुन आएकोले बिगो रु. १,७३,१९०।६१ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम बिगो रकम असुलउपर हुन समेत मागदाबी लिइएको छ।’ अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
अख्तियारले बेल्डाङी कृषि सडकमा अनियमितता भएको भन्दै परेको उजुरीका आधारमा अनुसन्धान गरेको थियो।

No comments:

Post a Comment