१ माघ २०७६, डडेल्धुरा ।
डडेल्धुराको परशुराम नगरपालिका–५ परिगाँउ संगमटोलस्थित बुधबार बिहान एक जना मृत अवस्थामा फेला परेका छन । भीमदत्त नगरपालिका–१० कञ्चनपुरका २८ बर्षिय दिपक गिरी मृत फेला परेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रमुख प्रहरी निरिक्षक जनक बहादुर मल्लले जानकारी दिए ।

परशुराम मेला हेर्न आएका उनी गएराति २ चोटी बेहोस भएका र सामान्य अवस्थामा फर्केपछि स्थानीय अम्मर नाथको घरमा सुताइएको र बिहान ब्युझाउन जाँदा मृत अवस्थामा फेला परेका थिए । मृतक व्यक्ति उच्च रक्तचापको औषधिसेवनकर्ता समेत रहेको परिवार स्रोतले जनाएको छ । मृतकको शवको अहिले जोगबुडा अस्पतालमा पोष्टमार्टम भइरहेको छ ।

No comments:
Post a Comment