काठमाडौं । सरकारले दुईदिन लकडाउन केही खुकुलो बनाएर काठमाडौंबाट घर जान चाहानेहरुलाई घर पठाउने व्यवस्था मिलाउने भएको छ ।
काठमाडौंमा रोकिएका र गाउँ फर्किन खोज्नेहरुलाई भोलि शुक्रबार र पर्सि शनिबार उपत्यका बाहिर जान दिइने भएको छ । सरकारले गाउँ र्फकन चाहनेहरुलाई उपत्यका छाड्ने बाटो खुला गरेको हो ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले दुई दिन नागरिकहरुलाई उपत्यका बाहिर जान दिने निर्णय गरेको हो । कसरी पठाउने ? व्यवस्थापन कसरी गर्ने ? त्यसको जिम्मा गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई दिइएको छ ।

No comments:
Post a Comment