Friday, November 1, 2019

भारतमा तीन नेपालीको हत्या प्रकरण : एक जना पक्राउ

बैतडी :गत कार्तिक ८ गते भारतको पिथौरागढमा लिङ्ग काटेर हत्या गरिएको तीन नेपाली मजदुरको हत्यामा संलग्न रहेको आरोपमा एक नेपाली मजदुर पक्राउ परेका छन्।
भारतको पिथौरागढमा मजदुरी गर्दै आएका बैतडीको पुर्चौंडी–५ का धनबहादुर बोहरा पक्राउ परेका हुन्। हत्या गरिएका पुुर्चौंडी–५ का हरिश बोहराका भतिजा नाता पर्ने धनबहादुरलाई भारतीय प्रहरीले पक्राउ गरेको हो।
गत कार्तिक –८ गते राती पुर्चौंडी नगरपालिका–५ दहतोलीका हरिश बोहरा, उनका सहोदर भाई बीरा बोहरा र पुरचौंंडी नगरपालिका–४ भटना तडीखेतीका काशी बोहराको लिंग काटेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।
कार्तिक ८ गते घटना भएपनि कार्तिक १० गते मात्रै घटना बाहिर आएको थियो। घटना भएलगत्तै हत्याराको खोजीमा रहेको भारतीय प्रहरीले यही कार्तिक ११ गते पिथौरागढबाट १२० किलोमिटर टाढा रहेको मन्सुयारीबाट धनबहादुर बोहरालाई नियन्त्रणमा लिएको भारतीय पत्रकार राजेश पंगरीयाले बताए।
भारतीय प्रहरीले बुधबार पत्रकार सम्मेलन गर्दै धनबहादुरले आफूले हत्या गरेको स्वीकार गरेको जानकारी दिएको छ। आरोपित धनबहादुरले सबैले संगै मदिरा सेवन गरेको र समान्य विवाद हुँदा लिङ्ग काटेर हत्या गरेको स्वीकारेका छन्। बोहरालाई भोली अदालतमा पेश गरिने भारतीय प्रहरीले जनाएको छ।

No comments:

Post a Comment