Friday, November 1, 2019

डोटीमा बस दुर्घटना : एक जनाको ज्यान गयो, ३४ घाइते

डोटी - डोटीमा बस दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । दुर्घटनामा परि ३४ जना घाइते भएका छन् ।
महेन्द्रनगरबाट बाजुराका लागि छुटेको महाकाली यातायातको ना ७ ख ६१ ८१ नम्बरको बस शिखर नगरपालिका २ गेरुपानीमा शनिबार बिहान दुर्घटना हुँदा बाजुरा बारबिस–६ का नयाँ सेरेलाको ज्यान गएको डोटीका प्रहरी निरीक्षक कर्ण बोहोराले जानकारी दिनुभयो ।
घाइते ३४ जनाको डोटीकै विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ । 

No comments:

Post a Comment