Monday, November 4, 2019

बझाङको कालंगा हाइड्रो पावरको सुरुङ भित्र ४ जना कामदार फसे

१८ कार्तिक २०७६, बझाङ ।
बझाङको बुंगलमा निर्माण भइरहेको कालंगा हाईड्रो पावरमा काम गर्दै आईरहेका ४ जना कामदार सुरुङभित्र फसेका छन् । आईतबार दिउँसो सुरुङभित्र का मगर्नका लागि गएका कामदारहरु फसेको र उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सुरुङमा अक्सीजनको मात्रा कम भएपछि उनीहरु बेहोस भएको बझाङ प्रहरकिा डिएसपी गणेश बहादुर बलमे बताउनुभएको छ । सुरुङ ८ सय मीटर लामो छ । उनीहरुसंगै गएका दुई जना कामदार भने सकुशल फर्किन सफल भएको ती ४ जनाको अवस्था भने अज्ञात रहेको डीएसपी बलमे बताउनुभएको छ । बेपत्ता हुनेहरुमा दैलेखको गुराँस गाँउपालिका–३ घर भएका ३२ बर्षिया महेन्द्र शाहि, सोही गाउँका कर्ण शाही र अछामको तुर्माखाँद गाँउपालिका – ६ का २८ बर्षीय महेन्द्र साँउद साथै बझाङको बुंगल नगरपालिका– १ का ३५ बर्षीय शेर सिंह धामी रहेको डीएसपी बमले जानकारी दिनुभएको छ ।
घटना भएको जानकारी भएपछि जिल्ला बाट प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेसहित नेपाली सेना शशत्र प्रहरी र नेपाल प्रहरीसहितको टोल घटनास्थलतर्फ गएको छ । फसेका कामदारहरु निकाल्नका लागि लागि काठमाडौँबाट हेलिकोप्टरमा नेपाली सेनाको टोली घटनास्थलमा पुगेको पुगी उद्धारका लागि थप पहल भैरहेको छ ।

No comments:

Post a Comment